दफा १९
शान्ति भङ्ग गर्न नहुने
(१) निर्वाचनको लागि मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसकोवरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा देहायका कुनै काम गरी शान्ति भङ्ग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन हुँदैनः–
(क) साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न,
(ख) बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।